कञ्चनपुर, माघ १३ :

कञ्चनपुरमा आफैँलाई गोली हानेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा मृत्यु भएको छ । उनको धनगढीस्थित नि:सर्ग अस्पतालमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान विष्टले बुधबार साँझ ड्युटीमै रहेका बेला आफूले बोकेको बन्दुकले आफैँलाई  हानेका थिए ।

दाहिने कानभन्दा माथि गोली लागेका विष्ट सख्त घाइते भएका थिए । प्रहरी जवान विष्टले के कारणले आफैँमाथि गोली चलाए भन्नेबारेमा खुल्न सकेको छैन ।