वीरगञ्ज, माघ १३ :

पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक शनिबारदेखि सुरु भएको छ । पर्साको वीरगञ्जस्थित पुजन होटलमा बैठक बसेको हो ।

अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा बसेको  बैठकमा विभिन्न राजनीतिक, संगठनात्मक तथा समसामयिक तथा पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा गहन छलफल हुने उपमहासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए ।

बैठकमा केन्द्रीय अध्यक्ष राई, संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष तथा मन्त्री नवलकिशोर साह सुडी, खानेपानीमन्त्री यादव, उपाध्यक्ष सुशीला श्रेष्ठ, उपाध्यक्ष रन्ध्वजकन्दनवा लिम्बू, महासचिव मोहम्मद इश्तियाक राई, सचिव वीरेन्द्र महतो, कोषाध्यक्ष रञ्जु झालगायत केन्द्रीय समितिका सदस्यहरूको सहभागी छन् ।बैठक आइतबारसम्म चल्नेछ ।