काठमाडौँ, माघ १४ :

 

मेष : अल्छीपना त्यागेर गरेको काममा सफलता मिल्ने छ । राम्रो काम गर्दागर्दै पनि अरुको वचन सुन्नुपर्ने छ।

वृष : सहकार्यमा गरेका कामले नयाँ अनुभव मिल्नेछ। मिठास बोलीका कारण अधुरा कामहरू पुरा हुनेछन् ।

मिथुन : आज पितृ देवताको सम्झना गरि शुद्ध जल अपर्ण गर्न नभुल्नुहोला । आफन्तको सहयोगले महत्त्वपूर्ण कार्यहरू सम्पन्न हुनेछन् ।

कर्कट :  ठीक समयमा सही निर्णय लिन सकिएला। धार्मिक तथा सामाजिक क्षेत्रमा भ्रमण हुन सक्छ । 

सिंह : आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। महत्त्वाकाङ्क्षी योजना भने गोप्य राखेर अघि बढ्नुपर्ने दिन छ ।

कन्या : धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। आफ्नै क्षमतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।

तुला : पारिवारिक मिलनको रमाइलो जमघट हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। शुभकार्यको चर्चा चल्नेछ।

वृश्चिक : घरमा पाहुनाको आगमन हुनेछ। पुराना प्रेमी प्रेमिकाले सम्झँदा मन मोडिन सक्ला ।

धनु : सजिलै अरुको विश्वास गर्दा निर्णय कार्यान्वयन हुन गाह्रो पर्नसक्छ । मनमा दुबिधा नराखी आफ्ना कार्यहरू अघि बढाउनु होला ।

मकर : पर्यटकीय भ्रमणमा निस्कने योजना बन्नेछ । मन पर्ने व्यक्‍तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ। 

कुम्भ : लगनशीलताले बढी अवसर दिलाउनेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। 

मीन : गोपनीय ढङ्गले गरिएका काममा सफलता मिल्ने छ। समाजसेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ।