ताप्लेजुङ, माघ १३ :

ताप्लेजुङको पाथिभरा क्षेत्रमा स्थानीयवासीले शनिबार केबलकार निर्माणको विरोध जनाएका छन् । विरोधका क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।झडपलाई नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको छ ।

झडपका कारण पाथीभरा माताको दर्शनका लागि पुगेका यात्रुलाई अप्ठयारो परेको थियो।पाथीभरा जाने केबलकारको निर्माणको काम मंगलबारबाट सुरु भएको थियो ।

पाथीभरा प्रवेशद्वार पाथीभराको तल्लो फेदी काफ्ले पाटीमा  झडप भएको हो ।पाथीभरा मन्दिरमा जाने केवलकार निर्माण गरिनु हुन्न भनेर लामो समयदेखि पहिचान पक्षधरहरू आन्दोलन गर्दै आएका छन् ।

सो क्षेत्रमा केवलकार निर्माण गर्न नहुने भन्दै पटक पटक पहिचान पक्षधरहरूले ज्ञापन पत्र बुझाउँदै आएका छन् ।पाथीभरा दर्शन केवलकार प्रा.लीले पाथीभरामा जाने केवलकार निर्माण गर्ने अनुमति पाएको छ । । केवलकार निर्माणका लागि २ अर्ब ५५ करोड लागत अनुमान गरिएको छ ।