
काठमाडौँ, साउन ३१ :
राष्ट्रियसभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ ।
बिहान सवा ११ बजे समितिको हल संघीय संसद् सचिवालयमा बस्ने बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य शर्त रहेको ‘सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ ।