
काठमाडौँ, माघ १४ :
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
आज बिहान कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू- भागमा आंशिक बदली तथा बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहेको छ ।
हाल तराईमा हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभाग मौसम सफा रहने छ।
त्यस्तै, राति कोशी, बागमती र गण्डकी पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम सफा रहने पनि महाशाखाले जनाएको छ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।