शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार

हतियार कारखानाबारे अन्वेषण गर्न पुरातत्त्व विभागको टोली महोत्तरीमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ माघ, २०८१ मा प्रकाशित
हतियार कारखानाबारे अन्वेषण गर्न पुरातत्त्व विभागको टोली महोत्तरीमा
महोत्तरी, माघ १४ :

पुरातत्त्व विभागले  बर्दिबास ३, पाटु रातमाटा क्षेत्रमा तत्कालीन समयमा हतियार कारखानाबारे रहे/नरहेको अन्वेषण सुरु गरेको छ ।

यसका लागि विभागका पुरातत्त्वविद् भाष्कर ज्ञवाली नेतृत्वको तीन सदस्यीय विज्ञ टोली शनिबार बर्दिबास पुगेको छ । 

‘हामीले हतियार कारखानास्थलको अध्ययन र प्रारम्भिक खोज अन्वेषण थालेका छौँ”, पुरातत्त्वविद् ज्ञवालीले भने, “यसअघिका हालसम्म प्राप्त अध्ययनको निष्कर्षबाट यो ठाउँ पुरातात्विक महत्वको स्थल हो ।” 

अहिलेको बिपी राजमार्ग (बर्दिबास- बनेपा राजमार्ग) को बर्दिबास- ३ पाटुमा यो ठाउँ दुई दशकअघि जर्मन अन्वेषक गुडन कार्विन्सले पत्ता लगाएका थिए । उनकै अध्ययन तथा खोज अन्वेषणको प्रतिवेदनका आधारमा अबको खोजीकार्य अघि बढ्ने विज्ञ टोलीले जनाएको छ । 

अहिलेको बर्दिबासचोकबाट चार किलोमिटर उत्तर राजमार्गबाट पश्चिमपट्टि यो कारखानाले निकै ठाउँ ओगटेको प्रारम्भिक अध्ययनले देखाएको छ । कारखानास्थलमा निकै पुराना गारोका अवशेष जस्ता ठाउँ भेटिएको जनाइएको छ । 

पछिल्लो समयमा करिब सात दशकअघि यो ठाउँ नजिक वन फडानी गरी बसोबास थालिएको हो । विज्ञ टोलीले यसअघि सात हजार वर्ष पहिलेसम्म यहाँ आसपास मानव बस्ती रहेको अवशेष पाइएको जनाएको छ । 

पाषाण युगकालीन हतियार कारखानास्थल आसपासमा अहिले पाटु, भब्सी, रातमाटा र राइमण्डलसहितका बस्ती छन् । कतिपय घरबस्ती र संरचनाले यो पुरातात्विक महत्वको ठाउँ चर्चेको प्रारम्भिक अध्ययनले देखाएको विज्ञ ज्ञवाली बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार