काठमाडौं, माघ १४ :

काठमाडौंको ठमेलमा एक युवती मृत फेला परेकी छन्। रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ गए राति मृत अवस्थामा फेला परेकी हुन्।

काठमाडौँ महानगरपालिका २६ स्थित ड्रंकेन इन गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन्। उनी बसेको कोठाभित्रै मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको छ । 

उता,जाजरकोटको भेरी नगरपालिका–४ बरलाकुनास्थित भेरी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।