
काठमाडौं, माघ १४ :
प्रधानमन्त्री केपी ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने भएका छन् । उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
मुख्य सचेतक बर्तौलाले आइतबार प्रधानमन्त्रीलाई भेटेर कार्यक्रम तय गरेका हुन् । सम्बोधनको कार्यसूची राख्न सभामुखलाई समेत जानकारी गराइसकेको उनले बताए ।
प्रधानमन्त्री ओली अस्वस्थ्यका कारण केही दिनयता अत्यावश्यक बाहेकका भेट्घाट बन्द गरी बसेका छन् । सभामुख देवराज घिमिरेले हिउँदे अधिवेशनबारे आइतबार सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।