काठमाडौं, माघ १४ :

साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से १० दशमलव ४१ अंकले घटेको छ । सँगै २६ सय ४३ दशमलव ९३ अंकमा नेप्से रोकिएको छ ।

यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २० अंकले घटेर चार सय ४३ दशमलव ६० अंकमा झरेको छ । नेप्सेमा आज ३१८ कम्पनीको ९४ हजार आठ सय १३ पटकको कारोबारमा एक करोड ५७ लाख २० हजार तीन सय ६७ कित्ता सेयर खरिद-बिक्री भएकामा कुल कारोबार रकम नौ अर्ब १२ करोड ८६ लाख ७३ हजार पाँच सय १४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा पाँच समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १२ दशमलव शून्य दुई अंकले घटेर १३ सय ३८ दशमलव ७१ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक पनि एक सय २२ दशमलव ११ अंकले घटेर २४ सय ४२ दशमलव ६३ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि ७९ दशमलव ७६ अंकले घटेर १२ हजार नौ सय ९४ दशमलव ५४ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक पनि ८६ दशमलव ८७ अंकले घटेर १२ हजार सात सय दुई दशमलव शून्य नौ अंकमा झरेको छ ।

यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक र व्यापार समूहको सूचक पनि क्रमशः १८ दशमलव ९६, शून्य दशमलव ५२, एक सय १७ दशमलव ७५ र ३३ दशमलव ६८ अंकले घटेका छन् । विकास बैंक समूहको सूचक भने आज ३३ दशमलव २४ अंकले बढेर पाँच हजार पाँच सय ९४ दशमलव २१ अंकमा चढेको छ । जलविद्युत् समूहको सूचक पनि २० दशमलव शून्य आठ अंकले बढेर तीन हजार सात सय २६ दशमलव ७० अंकमा चढेको छ ।

यीबाहेक लघुवित्त, सामूहिक लगानी कोष र अन्य समूहको सूचक पनि क्रमशः ३६ दशमलव ८२, शून्य दशमलव शून्य नौ र शून्य दशमलव ८३ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा बोटर्लस नेपाल बालाजु लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने सप्तकोसी डेभलपमेन्ट बैंक पहिलो स्थानमा परेको छ ।