काठमाडौं, माघ १४ :

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  देश र जनताको पक्षमा काम गर्न वर्तमान सरकारलाई पर्याप्त समय रहेको बताएका छन् ।

राजधानीमा आइतबार मीनकुमारी राणाको प्रतीमा अनावरण, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहमा महामन्त्री थापाले कांग्रेस-एमालेले काम गर्ने समय पाइएन भन्न नमिल्ने बताएका हुन् ।

काम गर्नका लागि छोटो अवधि पनि पर्याप्त हुने बताए भन्दै थापाले समय हुँदा काम गर्न छाडेर गनगन गर्न नपाइने बताए ।

काम देखाउन कांग्रेस र एमालेले अहिले नै २०८४ को निर्वाचनको कुरा गरेर समय खर्चिनु नहुने जनाउँदै सत्ता गठबन्धनलाई काम गर्न अझै तीन वर्ष रहेको उनले बताए ।

उनले छाेटो अवधिमा बीपी कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी नेतृत्वको सरकारले गरेका कामको समेत चर्चा गरे ।