काठमाडौं, माघ १४ :
सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक अहिले बसिरहेको छ ।
नयाँबानेश्वरस्थित संघीय संस्द भवनको ल्होत्से हलमा जारी बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
अध्यादेशका सम्बन्धमा संसद्मा एक स्वरमा प्रस्तुत हुने निर्णय गरेको कांग्रेसले संसद बैठकलाई प्रभावकारी बनाउन पार्टीका सांसदहरुसँग छलफल गरेको हो ।
संसद् अधिवेशनमा प्रस्तुत हुने नयाँ तथा पुराना विधेयकहरू र विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल हुने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बताए । उनका अनुसार बैठक भोलिसम्म चल्नेछ । संसदको दुबै अधिवेशन यही माघ १८ गतेबाट सुरु हुँदैछ ।