वीरगंज, माघ १४ :

जनता समाजवादी पार्टीले संघीय परिषद्को भेला आगामी चैतमा गर्ने निर्णय गरेको छ । आइतबार वीरगञ्जमा सम्पन्न पार्टीको दोस्रो केन्द्रीय समितिको बैठकले काठमाडौंमा संघीय परिषद्को भेला गर्ने निर्णय गरेको हो ।

बैठकले अध्यक्ष अशोक राईको राजनीतिक प्रविदेदन समेत सर्वसम्मत पारित गरेको छ ।संघीय परिषद्को भेला आयोजना भन्दा अगाडि  बाँकी रहेका जिल्ला र प्रदेश कमिटिहरु गठन गर्ने बताइएको छ ।  साना दलहरुसँग एकीकृत रुपमा मिलेर अघि बढ्ने  विषयमा समेत छलफल भएको पार्टी महासचिव मोहम्मद इस्तियाक राईले बताए ।