चितवन, साउन ३१ :

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडक खण्डको ईच्छाकामाना गाउँपालिकामा पर्ने चुम्लीङ्गटारमा खसेको पहिरो हटाएसँगै राजमार्ग सञ्चालनमा आएको छ । 

ठूलो ढुङ्गा सहितको पहिरो हटाएर दुबैतर्फ बाटो सञ्चालनमा आएपछि बिहानदेखि राजमार्गमा रोकिएका साना तथा ठूला सवारीका साधन गन्तव्यतर्फ लागेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

रातिदेखी वर्षा भइरहेकोले राजमार्गको ठाउठाँउमा स-साना पहिरो भने खसिरहेको सडक विभागले जनाएको छ ।