काठमाडौँ, माघ १५ :

मेष : परिवारसँगको सम्बन्ध सुधार हुनेछ । स्वास्थ्यमा सुधार हुने योग रहेको छ ।

वृष : मन खुशी हुनेछ । अरुले जतिसुकै दुःख दिए पनि जित तपाईंकै हुनेछ । 

मिथुन : शरीरलाई आराम दिनुहोला । सहकार्यमा गरेको व्यापारबाट लाभ हुनेछ । लामो यात्रा तय गर्ने दिन छ ।

कर्कट : स्वास्थ्यमा सुधार हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा दाम्पत्य जीवन सुखमय बन्नेछ ।

सिंह : दिन सुखद् रहेको छ । तपाईंको लगानीको उचित मूल्याङ्कन हुनेछ । शिक्षामा जोस र जाँगर बढ्नेछ । 

कन्या : मन शान्त बन्नेछ । आफन्तले भन्दा बाहिरका व्यक्तिले साथ दिनेछन् ।

तुला : दाजुभाइसँगको सहकार्यबाट फाइदा हुनेछ । सामाजिक सेवाको अवसरलाई सदुपयोग गर्नुपर्ने दिन छ ।

वृश्चिक : बौद्धिक साथीसँगको भेटघाटमा सक्रिय हुँदा फाइदा हुनेछ। परिवारको इच्छा पूरा गर्न नसक्दा खटपटी बढ्नेछ।

धनु : लगानी र श्रम भए फाइदा हुनेछ। स्वास्थ्यले साथ दिँदा दिन सहज बन्नेछ।

मकर : आजको दिनमा ठुलो लगानी नगर्नु उचित हुनेछ। मन शान्त बनाउन बिहान पिपलको दर्शन गर्नु राम्रो हुनेछ।

कुम्भ : गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। सङ्कटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : वैदेशिक रमझमले मनलाई आकर्षित गर्नेछ। बौद्धिक व्यक्तिसँग झुकेर अगाडि बढेमा सोचेको काम बन्नेछ।