तनहुँ, साउन ३१ :

तनहुँको आबुुखैरेनी गाउँपालिका- २ र ३ को सिमानास्थित खहरेखोला माथि पक्की पुल निर्माण भएको छ । 

दुई करोड ६२ लाख ५७ हजार सात सय ६७ रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएको ठेक्का पाएको भीमज्योति- छिम्केश्वरी जेभीले जनाएको छ ।

पुल निर्धारित मितिभन्दा ११ महिना अगावै निर्माण पूरा भएको हो । समय अगावै निर्माण सम्पन्न गर्ने कम्पनीका प्रतिनिधि शेरबहादुर गुरुङलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सम्मान समेत गरेको छ ।