
काठमाडौँ, माघ १५ :
भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ परेका छन् ।
प्रहरी वृत्त, गौशालाले उदयपुरको चौदण्डी नगरपालिका- ६ का ३८ वर्षीय हेमराज शिवाकोटी र उनकी श्रीमती मोरङको मिक्लाजुङ गाउँपालिका- ९ की ३३ वर्षीया मुना सिलवाललाई पक्राउ गरेको हो ।
आफूहरू परराष्ट्रमन्त्रीको स्वकीय सचिव भएको दाबी गर्दै अमेरिका पठाइदिन्छु भनी ठगी गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर एक महिना अघिबाटै अनुसन्धान गरिरहेको भए पनि जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा मुद्दा दर्ता गरेपछि पक्राउ परेको खुलेको हो ।
अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा गत वर्षको माघ १४ गते नै प्रहरीमा जाहेरी परेको थियो ।