
दाङ, साउन ३१ :
सर्पले डस्दा दाङको घोराही उपमहानगरपालिका-६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ ।
गए राति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो। सर्पले डस्दा उनकी आमा आश्माको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।
सर्पले डस्ने बित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको प्रहरी प्रवक्ता तिमिल्सिनाले बताउनुभयो । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।