आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

त्रिभुवन विमानस्थल शनिबारदेखि ८ घण्टा मात्रै बन्द हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ माघ, २०८१ मा प्रकाशित
त्रिभुवन विमानस्थल शनिबारदेखि ८ घण्टा मात्रै बन्द हुने
काठमाडौं, माघ १५ :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि ८ घण्टा मात्र बन्द हुने भएको छ । 

दैनिक १० घण्टा उडान बन्द गरेर रनवेको काम सकिएसँगै पूर्वाधार विस्तारको समय १० घण्टाबाट घटाएर ८ घण्टामा झारिएको सिनामंगलस्थित हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठले जानकारी दिए । अबदेखि राति ११ बजेदेखि बिहान ७ बजेसम्म बन्द विमानस्थल हुने जनाइएको छ ।

कात्तिक २३ गतेदेखि राति १० बजेदेखि उडानहरु बन्द गरेर अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी, ह्यांगर निर्माणलगायता पूर्वाधार निर्माणका कार्यहरु भइरहेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार