
अछाम, माघ १५ :
अछाममा २ किशोरी मृत फेला परेको घटनामा संलग्नको आशंकामा दुई जना पक्राउ परेका छन् । शंकास्पद दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।उनीहरूसँग सोधपुछ जारी रहेको जनाइएको छ।
उनीहरूको ती किशोरीसँग सम्पर्क रहने गरेको र घटनाका बेला पनि जंगलमै भएको पाइएपछि प्रहरीले अनुसन्धान थालेको हो ।बाख्रा चराउन गएका ढकारी गाउँपालिका-८ की १४ वर्षीया ईश्वरी खड्का र १४ वर्षीया सरस्वती खड्काको शव सिस्ने ओढारमा शनिबार बेलुकी भेटिएको थियो ।
उनीहरू दुवैको शरीरमा घाउ र निलडाम देखिएको छ।घटना शंकास्पद रहेको जनाउँदै पीडित परिवारले अनुसन्धान गर्न माग गरेको छ।