
काठमाडौं, माघ १५ :
गृहमन्त्री रमेश लेखकले निष्पक्ष पत्रकारिता लोकतन्त्रको खम्बा भएको बताएका छन् ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा सोमबार नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले पत्रकारिता मर्यादित, व्यवस्थित र सत्यमा आधारित हुनुपर्नेमा जोड दिए ।गृहमन्त्री लेखकले कुनै पनि तवरले पत्रकारिताको स्वतन्त्रता र व्यावसायिकताको सुनिश्चितता हुने विश्वास दिलाए ।
उनले भने, ‘हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ, 'स्वतन्त्र, व्यावसायिक तथा निष्पक्ष पत्रकारिताको वातावरण सरकारले सुनिश्चित गर्छ ।'
समाजमा अनावश्यक खालका भ्रम सिर्जना गर्ने, व्यक्ति, समाज र समुदायको चरित्रहत्या गर्नेलगायत गतिविधिबाट आफू र सञ्चारगृहलाई जोगाउन गृहमन्त्री लेखकले महासंघका नवनिर्वाचित पदाधिकारीलाई आग्रहसमेत गरे ।