शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

राजनीतिमा फर्कने पूर्वराष्ट्रपति भण्डारीको संकेत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ माघ, २०८१ मा प्रकाशित
राजनीतिमा फर्कने पूर्वराष्ट्रपति भण्डारीको संकेत
काठमाडौं, माघ १५ :

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्कने इच्छा देखाएकी छन् । तर, उनले आफू पार्टीको राजनीतिमा सक्रिय हुने समय आइनसकेको बताइन् ।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले राजनीतिप्रति आफ्नो गहिरो अभिरुचि रहेको पनि स्पष्ट पारिन् ।

आफ्नो राजनीतिक सक्रियताबारे यदाकदा छलफल हुने गरे पनि आफू त्यो चरणमा प्रवेश नगरिसकेको भन्दै उनले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने संकेत गरिन् । 

ओलीपछिको नेतृत्व सम्हाल्ने गरी भण्डारी पुनः एमालेमा फर्कन लागेको भन्ने राजनीतिक वृत्तमा चर्चा चलिरहँदा त्यसबारेमा प्रस्ट पारेकी हुन् । राष्ट्रपतिमा चुनिनुअघि भण्डारी एमालेमा उपाध्यक्ष थिइन् । कार्यकाल सकिनेबित्तिकै उनको राजनीतिक जीवनको बारेमा चासो र चर्चा हुन थालेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार