
ललितपुर, माघ १५ :
खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासन मित्रता तथा सह-अस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले ललितपुरको जावलाखेलमा अवस्थित डीएभी कलेज (प्लस टु) ले उपत्यकाव्यापी छैटौं फुटसल प्रतियोगिता गर्ने भएको छ ।
प्रतियोगिता माघ १६ देखि २९ गतेसम्म हुने कलेजका प्रिन्सिपल सुमन बस्नेतले जनाए । उनका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने प्रतियोगितामा विजेता टिमलाई ३ लाख रुपैयाँ नगद, ट्रफी तथा प्रमाणपत्र दिइनेछ ।
यस्तै उपविजेता टिमलाई २ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने पनि बस्नेतले जनाए ।