काठमाडौँ, माघ १६ :

 

मेष :  लगानी गर्दा सहकार्य गर्नु उचित हुनेछ । साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ ।

वृष : बोलीका कारण महत्त्वपूर्ण काम बन्नेछ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ ।

मिथुन : लगानीबाट उत्साह मिल्दा मन शान्त बन्नेछ । स्वास्थ्यका लागि खानपानमा ख्याल गर्नुपर्ने छ ।

कर्कट : परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ । घुमघाम गर्ने दिन तय हुनेछ ।

सिंह : स्वदेशमा भन्दा विदेशको रमझमले मन आकर्षित हुनेछ । कुनैपनि काम गर्दा बलले भन्दा बुद्धि लगाएर गर्नुपर्नेछ ।

कन्या : साना कुरामा झन्झट आइपरेपनि बौद्धिक व्यक्‍तिसँगको भेट फलदायी बन्नेछ । कृषि क्षेत्रमा फाइदा हुनेछ ।

तुला : सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । दैनिक काम सहजै बन्नेछन् । नाम र दाम दुवै मिल्ने दिन छ ।

वृश्चिक : अर्काको कुरामा विश्वास नगरेकै राम्रो । शिक्षामा गरेको लगानीबाट मन सन्तुष्ट बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने छ ।

धनु : पुराना साथीसँगको भेटले मनमा खुशी मिल्नेछ । माथिल्लो निकायबाट साथ र सहयोग मिल्नेछ । 

मकर : सानो कुराले काममा अवरोध आउनसक्ने हुँदा सचेत बन्नुपर्ने छ । खर्च कटौती गर्नुपर्ने समय छ । 

कुम्भ : सामाजिक कार्यमा सहभागी हुँदा प्रशंसा पाइने छ । साथीसँग सल्लाह लिएर गरेका कार्यहरू सफल बन्नेछन् ।

मीन : घुमघामको यात्रामा निस्कने दिन छ । समय व्यवस्थापन गर्न नसक्दा प्रेम सम्बन्धमा दरार आउनसक्ने हुँदा सचेत रहनुपर्ने छ ।