
नेपालको लोकप्रिय इलेक्ट्रोनिक ब्रान्ड सामसङले हालै आफ्नो प्रिमियम बिस्पोक एआई दायरा विस्तार गर्दै नयाँ बिस्पोक एआई ९ केजी फ्रन्ट-लोड वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ ।
ठुला-लोडहरूका लागि पूर्ण रूपमा उपयुक्त रहेको ९ केजी बिस्पोक फ्रन्ट-लोड वासिङ मेसिनले उपभोक्तालाई सजिलै दैनिक लुगा धुने व्यवस्थापन गर्न, समय बचत गर्न र धुने क्षमतामा सम्झौता नगरी सुविधा बढाएको छ । एआई एनर्जी, एआई कन्ट्रोल, एआई इकोबबल र सुपर स्पिडजस्ता उन्नत प्रविधि जोडिएका छन् ।
सुपर स्पिड टेक्नोलोजीले, जेटलाई लुगा धुने प्रक्रियालाई गति दिन कपडामा पुग्न मार्गदर्शन दिने नजलको प्रयोग गरी वास साइकललाई ३९ मिनेटसम्ममा पूरा गर्छ र हाइजिन स्टिमले ९९.९ प्रतिशत ब्याक्टेरिया र एलर्जीहरू हटाउँछ । यसमा लुगा धुने प्रक्रियालाई अझ प्रभावकारी बनाउन र ऊर्जा खपतलाई ७० प्रतिशतसम्म घटाउन एआई एनर्जी मोड पनि समावेश छ ।
डिजिटल इन्भर्टर टेक्नोलोजी (डीआईटी) ले यी वासिङ मेसिनहरूमा २० वर्षको वारेन्टी र अत्यधिक स्थायित्वका साथ शान्त, ऊर्जा-दक्ष कार्यसम्पादन सुनिश्चित गर्छ । स्लिक र आधुनिक बिस्पोक डिजाइनले कुनै पनि घरलाई पूरक बनाउनको साथै एक वासमै ठुला लोडहरू ह्यान्डल गर्न सक्छ ।
मूल्य र उपलब्धता
दुई मोडलमा उपलब्ध-सामसङको नयाँ ९ केजी फ्रन्ट-लोड वासिङ मेसिनहरूको मूल्य रु. १०१,९९० बाट सुरु हुन्छ र प्रिमियम लन्ड्री सलुसनहरू पहुँचभित्र ल्याउँदै सामसङले २० प्रतिशतसम्म क्यासब्याकको साथ स्पेसल अफर उपलब्ध गराएको छ ।
यी उपकरणहरू शून्य प्रतिशत ब्याज ईएमआई अफर रहेको सामसङ इन्स्टा फाइनान्समार्फत खरिद गर्न सजिलो बनाइएको छ ।
लुगा धुने अनुभवलाई अपग्रेड गर्न खोज्ने उपभोक्ताका लागि यस बिस्पोक एआई वासिङ मेसिन दायरामा सजिलोसँग अपग्रेड गर्न एक्सचेन्ज अफरहरू पनि उपलब्ध छ ।
यो अफर आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइभेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको छ ।