काठमाडौँ, माघ १६ :

ताप्लेजुङकाे पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार विवादको विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकले त्यस क्षेत्रका सांसदलाई बोलाएका छन् ।

मन्त्री लेखकले आज मङ्गलबार साँझ ५ बजे तीन जना सांसदलाई छलफलका लागि गृह मन्त्रालयमा बोलाएका हुन् । 

ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद योगेश भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबेलाई मन्त्री लेखकले बोलाएका छन् । 

सांसद उर्मिला थेबेले दिउँसो समितिको बैठकपछि आफूहरू गृह मन्त्रालय जाने तयारीमा रहेको बताइन् । सांसदहरूले केबलकार विवादको विषय जानकारी गराउने तयारी छ ।