संघीय संसद्को हिउँदे अधिवेशनको पाक्षिक कार्यतालिका सार्वजनिक गरिएको छ । कार्यव्यवस्था परामर्श समिति मंगलबार बसेको बैठकले सम्भावित कार्यतालिका सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यतालिकामा माघ १८ गतेदेखि ३० गतेसम्म बस्ने संसद बैठकको कार्यसूची रहेको छ ।
कार्यतालिका अनुसार १८ माघमा अधिवेशनको पहिलो बैठक बस्नेछ ।जसअनुसार संसद्को पहिलो दिन प्रधानमन्त्री केपी ओली लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ । बोल्ने क्रम सकिएपछि सोही दिन सरकारले ल्याएका विभिन्न अध्यादेश संसद्मा पेस हुनेछन् । त्यसपछि माघ २२, २३, २४, २८,२९ र ३० बैठक बस्ने छ । यो महिना ६ दिन मात्र बैठक बस्ने छ ।
संसद सचिवालयको क्यालेन्डर अनुसार माघ २२,२३,२४,२८,२९ र ३० बैठक राखिएको छ । २५, २६ र २७ गते भने विभिन्न समितिको बैठक राखिएको छ ।सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ १८ गतेका लागि संसदको बैठक आह्वान गरेका छन् ।
हेर्नुस् यस्तो छ कार्यतालिका :
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
पूर्वराष्ट्रपति भण्डारी ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन चीन प्रस्थान