
अर्थमन्त्री निर्मला सिथारमणले लगातार आठौंपटक सामान्य बजेट प्रस्तुत गर्नेछिन् ।
काठमाडौं, माघ १६ :
भारतीय संसद्को बजेट अधिवेशन जनवरी ३१ देखि सुरु हुनेछ । बजेट अधिवेशन सुरु हुनुभन्दा अगाडि राष्ट्रपति द्रौपदी मुर्मुले लोकसभा र राज्यसभाको संयुक्त सत्रलाई सम्बोधन गर्नेछिन् ।
बजेट सत्र अप्रिल ४ मा समाप्त हुनेछ । बजेट सत्रमा अर्थमन्त्री निर्मला सिथारमणले सामान्य बजेट प्रस्तुत गर्नेछिन् ।
साधारण बजेट फेब्रुअरी १ मा प्रस्तुत हुन सक्छ । सिथारमणले लगातार आठौंपटक बजेट प्रस्तुत गर्दै छिन् । यसअघि आर्थिक सर्वेक्षण प्रस्तुत गरिनेछ ।
बजेट सत्रको दोस्रो भाग मार्च १० देखि अप्रिल ४ सम्म चल्ने बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ ।