
सरकारले तोकेको मासिक भत्तालाई लिएर आवासीय चिकित्सकहरु आन्दोलित भएका छन् । सरकारले सम्झौताविपरीत निर्णय गरेको जनाउँदै उनीहरु आयोगमा घेराउ गर्न पुगेका हुन् ।
सम्झौतामा मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता लागु गर्नुपर्ने थियो तर, सरकारले त्यसलाई कार्यान्वयन नगरेको उनीहरुको दुखेसो छ ।आवासीय चिकित्सक पारिश्रमिक र चिकित्सकको सुरक्षाको विषयमा २०८० असोजमा सरकारसँग ६ बुँदे सहमति भएको थियो ।
निजी मेडिकल कलेजमा सःशुल्क अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने मन्त्रीस्तरिय निर्णय भएसँगै चिकित्सकहरू विरोधमा उत्रिएका हुन् ।
आयोगका सहअध्यक्ष समेत रहेको स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले मंगलबार निर्वाह भत्ता तोकेका थिए ।स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका अध्यक्ष डा. शेषराज घिमिरेले स्वास्थ्य र शिक्षामन्त्रीले गरेको उक्त निर्णय मान्य नहुने बताए ।
निजी मेडिकल कलेजमा पनि सरकारीसरह ४८ हजारको सुनिश्चिता नभएसम्म आफूहरुको विरोध जारी रहने डा. घिमिरेले बताए ।
र यो पनि…
आवासीय चिकित्सकको चौबीसघण्टे अल्टिमेटम, ‘माग पूरा नगरे सेवा बहिष्कार गर्छौं’