काठमाडौं, माघ १६ :

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले जनताको विश्वास जगाउन नसकेको बताएका छन् ।

सरकारको कामबाट जनता निराश भएको हुँदा  ०८४ सालको चुनावमा विकल्प खोज्ने अध्यक्ष नेपालले बताए ।मंगलबार समाजवादी मोर्चाको विचारसभामा उनले भने, ‘सरकार गफमा अगाडि छ, परिणाममा पछाडि छ ।’

जनता समाजवादी पार्टी विभाजन गराउन प्रधानमन्त्री केपी ओलीको भूमिका भएकाले उपेन्द्र यादव मोर्चामा आउन नसकेको उनको भनाइ थियो ।अध्यक्ष नेपालले समाजवादी मोर्चालाई सशक्त रुपमा अघि बढाउनु पर्नेमा समेत जोडदिए ।