काठमाडौं, माघ १६ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरूको साझा धारणा तय गर्ने बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने क्रममा उनले बैठक बसेर सामूहिक ढंगबाट कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिने बताए ।

आफूहरूले विशेष अधिवेशन बोलाउने चेतावनी दिएपछि मात्रै सरकारले हिउँदे अधिवेशन आह्वान गरेको उनको दाबी थियो। 

अध्यक्ष प्रचण्डले सरकारले आफ्ना जतिसुकै अपराध गरेका भए पनि तुरुन्तै चोख्याउने र राजनीतिक विरोधीलाई प्रतिशोध साँध्ने काम गरेको समेत आरोप लगाए ।

देशमा आर्थिक संकट झन् चर्काउन अरबौं ऋण बढाउने काम सरकारले गरिरहेको उनको टिप्पणी थियो ।