काठमाडौं, माघ १६ :

सरकारले संसदबाट ‘फास्ट ट्रयाक’मा अध्यादेश पारित गर्ने निर्णय गरेको छ ।  

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

सरकारले ल्याएको अध्यादेशहरु संसदबाट फास्ट ट्रयाकमा पारित गर्दै छिटो कार्यान्वयनमा लैजाने निर्णयसमेत भएको उनले बताए । 

अध्यादेश कार्यान्वयनका लागि आवश्यक नियमावली बनाउने निर्णय भएको पनि उनले जानकारी दिए ।हिउँदे अधिवेशन माघ १८ गते सुरु हुँदैछ ।

यसैगरी, सरकारले भव्य रुपमा सहिद दिवस मनाउने भएको छ ।सहिद सप्ताहको भोलि (बुधबार) अन्तिम दिन भएकाले सरकारको तर्फबाट शहीदगेटमा सहिदप्रति श्रद्धाञ्जली अर्पण हुने र माल्यार्पण गरिने मन्त्री गुरुङले बताए ।

उनले भने , ‘भोलि सहिद सप्ताहको अन्तिम दिन हो ।  प्रधानमन्त्रीसहित हामी सबै जना सहिदगेट जान्छौं । त्यहाँ सहिदहरुप्रति श्रद्धाञ्जली र माल्यार्पण हुन्छ । त्यसपछि हामी लैनचौर गएर श्रद्धाञ्जली अर्पण गर्छौं ।’