दिलमन्यु सिल्वाल
मंगलबार, १६ माघ, २०८१ मा
प्रकाशित
काठमाडौं, माघ १६ :
सेना दिवस २०८१ को अवसरमा जंगीअड्डामा नेपाली सेनाले सैन्य सामग्रीको प्रदर्शनी गरेको छ ।
प्रदर्शनीको उदघाटन प्रधानसेनापति अशोकराज सिग्देलले गरे । उनले संस्कृतिको प्रवर्धन र संरक्षणका लागि प्रदर्शनी महत्त्वपूर्ण हुने धारणा राखे ।
सेनाले इतिहासदेखि प्रयोग गर्दै आएको विभिन्न हतियार, औजार, आधुनिक हतियार, खुकुरी, तरबार, पुराना एवं आधुनिक हतियार, बम डिस्पोज सामग्रीलगायतको प्रदर्शनी गरेको हो । आज (मंगलबार) बाट सुरु भएको प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।
नियमित वार्षिक कार्यक्रमअन्तर्गत सैनिक सामग्रीको प्रदर्शनी आयोजना गरिएको सैनिक प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए । प्रदर्शनीमा सेनाका विभिन्न गणहरुले स्टल राखेका छन् । थप तस्बिर :