
काठमाडौं, माघ १६ :
चन्द्रागिरि नगरपालिका–२ का अध्यक्ष भाइकृष्ण तामाङ घूस लिएको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको मंगलबारको इजलासले वडाध्यक्ष तामाङलाई दोषी ठहर गरेको हो ।
विशेषले उनलाई ६ महिना कैद र चार लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई प्रतिवादी बनाई गत असार २० मा मुद्दा दायर गरेको थियो ।
घुसको तारतम्य मिलाइदिने ध्रुबबहादुर कडायतलाई पनि अदालतले दोषी ठहर गर्दै त्यति नै सजाय तोकेको छ । तामाङले उद्योग सार्न चार लाख घूस मागेको अख्तियारको दाबी छ ।