काठमाडौँ, माघ १७ :

 

मेष : रोकिएका काम पूरा हुनेछन् । मनोरञ्जनमा सहभागी हुने दिन छ ।

वृष : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ । घरमा शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन : नयाँ योजना कार्यान्वयनमा मेहनत गर्नुपर्ने दिन छ । आज कालो रङको प्रयोग नगर्ने ।   

कर्कट : राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । सेयर बजारबाट फाइदा हुने दिन छ ।

सिंह : रमणीय र सुखद यात्राको योग छ । प्रेम र मित्रताको बन्धन सुखमय रहनेछ । 

कन्या : सम्पत्ति खरिद तथा बिक्रीको योग छ । असहायलाई सहयोग गर्दा मन शान्त रहने छ ।

तुला : आज शाकाहारी भोजन गर्नु उचित हुने छ । शिक्षामा सफलता मिल्ने छ । मनमा उत्साह मिल्ने छ ।

वृश्चिक : धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुने दिन छ । स्वास्थ्यमा धन खर्च हुने दिन छ ।

धनु : अधुरा कार्य पूरा हुनेछन् भने यात्रा रमाइलो बन्नेछ । पारिवारिक भेटघाट होला ।

मकर : कला र गलाको प्रशंसा हुने दिन छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कुम्भ : धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला । साँझमा शुभ समाचार सुन्न पाइनेछ ।

मीन : व्यावसायिक काममा फड्को मार्न सकिनेछ । छलकपट गर्ने प्रयास नगर्नुहोला ।