लमजुङ, माघ १६ :

लमजुङको दोर्दी गाउँपालिका ५, कैचेडाँडास्थित सडकमा कैचेगाउँबाट कैचेडाँडातर्फ जाँदै गरेको ग.१त ५२७६ नम्बरको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

ट्याक्टर अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा चढेका तनहुँ भानु नगरपालिका ९ बस्ने २७ वर्षीय किरण गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।