
काठमाडौँ, माघ १७ :
नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले आज (बुधबार) बाट ‘नेपाल स्टार्ट अप साना तथा मझौला सम्मेलन’ गर्ने भएको छ ।
साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको विभागकी प्रमुख उर्मिला थपलियाले जानकारी दिइन् ।
नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रुपान्तरण, स्टार्टअपमा लगानीका अवसर र चुनौतीको विश्लेषण गर्न तथा महिलाहरू र युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्न नीति सुधारको पैरवी गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको विभागले जनाएको छ ।
सानेपास्थित पार्टी कार्यालयमा भोलि बिहिबारसम्म चल्ने सम्मेलनमा ८० भन्दा बढी स्टल रहने र छ हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।