महाकुम्भ मेलामा भागदौड मच्चिँदा मृतकको संख्या ३० पुग्यो, कैयौं घाइते
बुधबार, १७ माघ, २०८१ मा
प्रकाशित
काठमाडौं, माघ १७ :
विश्वको सबैभन्दा ठूलो धार्मिक मेला महाकुम्भमा भागदौड मच्चिँदा मृतकको संख्या ३० पुगेको छ ।
भागदौडमा महिला र बालबालिकासहित ३० जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन् । प्रयागराजस्थित महाकुम्भमा भागदौड मच्चिँदा कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का गरिएको छ । जसमध्ये २५ जनाको पहिचान भइसकेको छ। ६० जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ।
हताहतीको संख्या अझै बढ्न सक्ने बताईएको छ । धेरै घाइतेहरूलाई तत्काल उपचारको लागि मोतीलाल नेहरु मेडिकल कलेजमा लगिएको समाचार छ।
मौनी अमावस्याको अवसरमा अमृत स्नानका लागि त्रिवेणी सङ्गमको घाटमा ठूलो भीड लागेको बेला उक्त घटना भएको हो । अनुमानित ८० देखि १० करोड भक्तजनहरू भेला भएका थिए । जसले गर्दा पवित्र स्थलमा अत्यधिक भीड भाड भएको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।