
काठमाडौं, माघ १७ :
डिल्लीबजार कारागारबाट भागेका कैदी १४ वर्षपछि पक्राउ परेका छन्।
ओखलढुंगाको लिखु गाउँपालिका– २, कुवापानी घर भई हाल काठमाडौँको गोंगबु बस्दै आएका ४५ वर्षीय पेसलराज बुढाथोकी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले उनलाई बुधबार गोंगबुबाट नियन्त्रणमा लिएको हो। उनी ०६७ साउन २९ मा डिल्लीबजार कारागारबाट भागेका थिए।
वैदेशिक रोजगार ठगी मुद्दामा उनलाई काठमाडौँ जिल्ला अदालतले २०६६ फागुन २५ गते दोषी ठहर गरी ३ वर्ष कैद र ३ लाख रूपैयाँ जरिवाना तोकेको थियो। उनी कैद भुक्तानको ५ महिनामै भागेका थिए।