
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिप्रति चासो देखाइरहँदा नेकपा (एमाले)कै केही नेताहरुले भने त्यति मनपराएका छैनन् । उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्तिले दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताए ।
बुटवलमा बुधवार आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा उचित नहुने बताए ।
पूर्वराष्ट्रपति भण्डारीले आफैं केहीदिन यता सार्वजनिक रुपमै चासो व्यक्त गरिरहँदा पनि उपमहासचिव ज्ञवाली भने त्यसमा कुनै सत्यता नरहेको दाबी गर्छन् । पूर्वराष्ट्रपति भण्डारीले आफू राजनीतीमा फर्के भने एमालेमै फर्कने अभिव्यक्ति दिएका थिए ।
राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतिकको रुपमा नवोदित संस्थाहरू हुन् यस्ता संस्थाहरूलाई मर्यादित बनाउनु सबैको कर्तव्य रहेको समेत बताए ।पूर्वराष्ट्रपति भण्डारी एमालेमा फर्किन खोज्दै छन् भने पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ पनि पुनः माओवादीमा फर्किन खोज्दै छन् ।