
वासिंटन, माघ १८ :
वासिंटन डीसीमा अमेरिकन एयरलाइन्सको विमान आकाशमै हेलिकोप्टरसँग ठोक्किएको छ । यो जानकारी संघीय उड्डयन प्रशासनले दिएको हो । यो घटना रातको समयमा भएको थियो ।
प्रहरी अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजलाई जनाएअनुसार खोजी टोलीले घटनास्थलबाट अहिलेसम्म १८ वटा शव निकालेको छ ।
खोजी टोलीले अहिलेसम्म कोही पनि जीवित फेला पार्न सकेको छैन ।
यसअघि अमेरिकन एयरलाइन्सले विमानमा ६० यात्रु र ४ जना चालक दलका सदस्य रहेको जनाएको थियो ।
एयरलाइन्सले भनेको थियो, ‘हामी उनका लागि चिन्तित छौं । हामी अधिकारीहरू र आपतकालीन सेवाका सहयोगी सदस्यहरूसँग निरन्तर सम्पर्कमा छौं ।’ -बीबीसी