वासिंटन, माघ १८ :

वासिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको विमान आकाशमै हेलिकोप्टरसँग ठोक्किएको छ । विमान दुर्घटनाबारेको जानकारी संघीय उड्डयन प्रशासनले दिएको हो ।

दुर्घटनाबारे प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘रेगन राष्ट्रिय विमानस्थलमा भएको भयानक दुर्घटनाको बारेमा मलाई पूर्ण जानकारी दिइएको छ ।’

उनले यसबारे आफूले सबै जानकारी लिइरहेको जनाएका छन् । ‘ईश्वरले उनीहरूको (मृतकको) आत्मालाई शान्ति प्रदान गरून् । उद्धार सहयोग प्रदान गर्ने पहिलो प्रतिक्रियाकर्ताहरूलाई धन्यवाद,’ ट्रम्पले भने, ‘म परिस्थितिमाथि नजर राखिरहेको छु । थप जानकारी पाउनेबित्तिकै, म तपाईंलाई दिनेछु ।’

यसअघि अमेरिकन एयरलाइन्सले विमानमा ६० यात्रु र ४ चालक दलका सदस्य रहेको पुष्टि गरेको थियो ।

‘हामी उनीहरू सबैका बारेमा चिन्तित छौं,’ एयरलाइन्सले भन्यो, ‘हामी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं । हामी आपतकालीन अवस्थामा लिन सकिने सबै कदम चालिरहेका छौं ।’