काठमाडौं, माघ १८ :

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको अर्थतन्त्र छिटै लयमा फर्कने दाबी गरेका छन् ।

नेपाल चेम्बर एक्स्पोको काठमाडौंमा बिहीबार उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई आईसीयूमा ल्याइसकेको हुँदा अब लयमा फर्कने बताए ।

मन्त्री गुरुङले वर्तमान सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्न काम गरिरहेको भन्दै विगतको सरकार हुँदा कोमामा रहेको अर्थतन्त्रलाई अहिलेको सरकारले लयमा फर्काउने प्रयास गरिएको बताए ।

उनले आईटी क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न पनि अध्यादेशमा व्यवस्था गरिएको बताए ।साथै उनले अध्यादेशले आईटी क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे ।