माघ १८ :

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले ७७ जिल्लाका सभापतिहरुलाई प्रशिक्षण दिने भएको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा यही माघ २२ र २३ गते जिल्लाका सभापतिहरुलाई पोखरामा प्रशिक्षण दिन लागेको हो ।

प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा प्रत्येक जिल्लाका उपसभापति, प्रशिक्षण विभागका अन्य सदस्यहरु समेत सहभागी हुनेछन् ।

प्रशिक्षण कार्यक्रममा  सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरुको उपस्थित रहने जनाइएको छ।