माघ १९ :

 

मेष : रोकिएको काममा सफलता मिल्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । 

वृष : कृषि क्षेत्रका काममा मन जानेछ। सामाजिक र परोपकारका क्षेत्रमा लगानी गर्ने समय छ ।

मिथुन : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । दिन खुसियालीमय बित्नेछ ।

कर्कट : धार्मिक तथा सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ । वैदेशिक काम सफल रहनेछ ।

सिंह : आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछन् । घरायसी काममा उन्नति र प्रगति हुनेछ ।

कन्या : नयाँ कार्यको चर्चा चल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ ।

तुला : प्राविधिक काममा सफल भइनेछ । साथीभाइले सहयोग गर्नेछन् । दाम्पत्य जीवन सुखमय रहनेछ ।

वृश्चिक : अरूको मन जित्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । घुमघामको योजना बन्ने छ ।

धनु :  न्यायिक कार्यमा सफलता मिल्नेछ । लगानी गरेका ठाउँबाट राम्रो लाभ मिल्नेछ ।

मकर :  परिवारमा रमाइलो भेटघाट र जमघट हुनेछ । मित्रसँगको भेटघाटले मन प्रसन्न हुनेछ । 

कुम्भ : सामाजिक क्षेत्रमा चर्चित भइनेछ । प्राविधिक काममा बढी सफलता मिल्नेछ ।

मीन : साथीको विशेष सहयोग मिल्नेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । नोकरीमा मानसम्मान मिल्नेछ ।