बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
विदेश

ट्रम्प प्रशासनद्वारा २० लाख सङ्घीय कर्मचारीलाई बहिर्गमन प्याकेजको प्रस्ताव 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ माघ, २०८१ मा प्रकाशित
ट्रम्प प्रशासनद्वारा २० लाख सङ्घीय कर्मचारीलाई बहिर्गमन प्याकेजको प्रस्ताव 
वासिङ्टन , माघ १९ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आठ महिनाको रोजगारी छोड्ने सङ्घीय कर्मचारीलाई बहिर्गमन प्याकेजको व्यवस्था गर्ने अवसर दिएको छ । 

कर्मचारीलाई पठाएको इमेलमा उक्त प्याकेजको घोषणा गरिएको हो । 

अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पका सल्लाहकार एलन मस्कले एक्समा ऐतिहासिक ‘विकल्प’ को रूपमा प्रशंसा गरेको यो प्रस्ताव सबै २० लाख सङ्घीय कर्मचारीलाई पठाइएको बुझिएको छ ।

जनवरी २० मा ट्रम्पले पदभार ग्रहण गरेयता सङ्घीय खर्चकाे यो अहिलेसम्मकै सबैभन्दा ठूलो कदम हो ।

प्रशासनका एक वरिष्ठ अधिकारीले एनबीसी न्यूजलाई बताएअनुसार यो प्याकेजबाट पाँचदेखि १० प्रतिशत संघीय कर्मचारीले राजीनामा दिने बताइएको छ। 

यसबाट करिब एक खर्ब अमेरिकी डलर बचत हुने अधिकारीहरूको विश्वास छ । 

इमेलमा कर्मचारीलाई राजीनामा मङ्गलबारदेखि सुरु भएर फेब्रुअरी ६ सम्म लागु हुने एएफपीले जनाएको छ । 

ट्रम्पले कोभिड- १९ महामारीपछि धेरै वर्षसम्म घरबाट काम गर्ने सुविधा पछि सबै सङ्घीय कामदारहरू पूर्णकालिक रूपमा कार्यालय फर्कन आदेश दिएसँगै यो कदम चालिएको हो ।

यो इमेल सन् २०२२ को अन्त्यमा मस्कले ट्वीटर (हाल एक्स) को पूर्ण स्वामित्व आफ्नो नियन्त्रणमा लिएपछि कर्मचारीलाई पठाइएको यस्तै सन्देशसँग मिल्दोजुल्दो रहेको छ । राजीनामा दिन चाहने कर्मचारीसँग इमेल मार्फत् प्रतिक्रिया मागिएको छ । 

सम्झौता गर्न चाहने सङ्घीय कर्मचारीहरूलाई इमेलमा बाहिर नै देखिने गरी ‘राजीनामा’ शब्द लेखिएको जवाफ दिन भनिएको छ ।

ट्रम्प र अन्य रिपब्लिकनलाई चुनाव जिताउन २७ करोड अमेरिकी डलरभन्दा बढी खर्च गरेका मस्कलाई सरकारी कार्यदक्षता विभाग (डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी) को नेतृत्व गर्ने जिम्मेवारीमा नियुक्त गरिएको छ ।

इमेलमा भनिएको छ,“सङ्घीय श्रमशक्तिमा अमेरिकाको सबैभन्दा राम्रो जनशक्ति हुनुपर्छ ।  हामी हरेक तहमा उत्कृष्टताका लागि जोड दिनेछौ।

-एएफपी
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार