बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

रास्वपा सांसदद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ माघ, २०८१ मा प्रकाशित
रास्वपा सांसदद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार
काठमाडौं, माघ १९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक बहिष्कार गरेका छन् ।

रास्वपाले आजको बैठकमा आकस्मिक समयमा बोल्नुपाउनुपर्ने माग राखेको थियो । तर सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्ने कार्यसूची तय भएको भन्दै आकस्मिक समय नरहेको बताएका थिए ।

प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाले करिब आधा घण्टा उठेर बैठक अवरोध गरेको थियो । विरोधकै बीच सभामुख घिमिरेले बैठकको काम कारबाही अगाडि बढाएपछि रास्वपा सांसदहरु बैठककक्ष छोडेर बाहिरिएका हुन् । 
 

प्रतिनिधिसभाको बैठकमा रास्वपाको अवरोध

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार