शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव #नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव
समाचार विदेश

थाई प्रधानमन्त्रीलाई पदमु्क्त गर्न विशेष अदालतको आदेश

· बिहीबार, ३२ साउन, २०८१ मा प्रकाशित
थाई प्रधानमन्त्रीलाई पदमु्क्त गर्न विशेष अदालतको आदेश
साउन ३२ :

थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदमुक्त गर्न आदेश दिएको छ।  प्रधानमन्त्री थाभिसिनले  पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोगमा  फैसला दिँदै अदालतले उहाँलाई जिम्मेवारीबाट मुक्त गर्न आदेश दिएको हो ।

पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको परिवारसँग निकट रहेका वकिललाई मन्त्रीमा नियुक्त गरेका कारण प्रधानमन्त्री श्रेथामाथि नैतिकताको नियम उल्लङ्घन गरेको अभियोग लागेको थियो ।  मन्त्री नियुक्त गरिएका कानून व्यवसायीलाई  सन् २००८ मा भ्रष्टाचारसम्बन्धी कसुरमा छ महिनाको जेल सजाय सुनाइएको थियो ।

फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबारे थाइल्याण्डको संवैधानिक अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा बर्खास्त हुनुभयो ।

थाइल्याण्डको प्रमुख प्रतिपक्षी दल मुभ फरवार्ड पार्टीलाई विघटन गरी  उक्त पार्टीका पूर्वनेतालाई एक दशकका लागि राजनीतिमा प्रतिबन्ध लगाएको एक सातापछि अदालतले प्रधानमन्त्रीको मुद्दामा फैसला दिएको हो ।

अदालतको आदेशपछि अपदस्थ भएका फेउ थाई पार्टीका नेता तथा प्रधानमन्त्री श्रेथा थाभिसिनले अदालतको फैसलाको सम्मान गर्ने बताउनुभएको छ । ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार