शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ #सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ
समाचार

राजनीतिक शुद्धताविना देशले काँचुली फेर्दैन : सर्वेन्द्र खनाल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २० माघ, २०८१ मा प्रकाशित
राजनीतिक शुद्धताविना देशले काँचुली फेर्दैन : सर्वेन्द्र खनाल
काठमाडौं, माघ २० :

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशलाई सुनौलो र समृद्ध बनाउने काम पूर्वसुरक्षाकर्मीहरुले गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा शनिबार पूर्वसुरक्षकर्मी परिषद् नेपालको चौथो वार्षिक साधारणसभामा उनले देशलाई समृद्ध र सुनौलो नबनाएसम्म पूर्वसुरक्षाकर्मीहरुलाई चैन नहुने धारणा राखे ।

उनले समृद्ध देश नबनाएसम्म आफूहरु शान्त भएर बस्न नसक्ने बताए । देशको समृद्धि र नागरिकको मुहारमा खुसी दिलाउन हरेकले आफ्नो ठाउँबाट काम गर्नुपर्ने उनको भनाइ छ । राजनीतिक शुद्धता नभईकन देशले काँचुली नफेर्ने खनालको बुझाइ छ ।

‘यो देशलाई सुनौलो र समृद्ध नबनाउँदासम्म तपाईं हामी जो जहाँ छौँ, हामी शान्त रुपमा बस्न सक्दैनौँ । यो आमा रोइरहँदा बाहिर गएर हाँसेर बस्नसक्ने अवस्था छैन । यो देशको समृद्धि र नागरिकको मुहारमा खुसी दिलाउन हामीले सक्नुपर्छ,’ उनले भने, ‘यो देशलाई जुनसुकै अवस्थामा क्राइसिसमा चाहे सुरक्षाको चासोमा टड्कारो आवश्यकता होस्, नेपालीहरुले दुःख पाउने बाटोको अन्त्य हामीले गर्नुपर्छ । अब राजनीति शुद्धता नभईकन देशले काँचुली फेर्दैन ।’

पूर्वप्रहरी महानिरीक्षक खनालले देशलाई केन्द्रमा राखेर काम गर्ने व्यक्तिले मात्रै देशलाई समृद्ध बनाउनसक्ने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार