बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २० माघ, २०८१ मा प्रकाशित
कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत
काठमाडौं, माघ २० :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभाग सदस्यमा १० जनालाई मनोनयन गरेका छन् ।

कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड प्रमुख रहेको विभाग सदस्यमा १० जनालाई मनोनयन गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

मनोनयन हुनेमा राजकुमार पाण्डे (काठमाडौं), ज्ञानबहादुर शाही (जाजरकोट), देवकीदेवी सिंह (डडेल्धुरा), कल्पना श्रेष्ठ (भक्तपुर), श्यामकृष्ण महर्जन (काठमाडौँ), सरिता बीसी (रुकुम पूर्व), विजयजंग बस्नेत (मोरङ), प्रेमबहादुर विक (नवलपरासी), सञ्जीव पुडासैनी (गोरखा) र सपुतबहादुर कार्की (रौतहट) छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार